काठमाडौं ।
नेपाली बजारमा आज (बुधबार) सुनको भाउमा भारी गिरावट आएको छ । नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रति तोलामा ११ हजारले घटेको हो ।
आजका लागि प्रतितोला तीन लाख १७ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन भने प्रतितोला तीन लाख २८ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, चाँदी २७५ रुपैयाँले घटेर पाँच हजार ५४० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन पाँच हजार ८१५ रुपैयाँ तोकिएको छ ।














