काठमाडौं ।
राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका १८ जनाको फागुन २५ गते पद तथा गोपनियताको शपथ हुने भएको छ ।गत माघ ११ गते भएको निर्वाचनबाट निर्वाचित भएकाहरुको सपथ फागुन २५ गते् दिउँसो २ बजे सिंहदरबारस्थित कानुन न्याय तथा मानवअधिकार समितिको हलमा हुने संघीय संसद् सचिवालयका प्रवक्ता सहसचिव एकराम गिरीले जानकारी दिए ।
प्रवक्ता गिरीले शपथ ग्रहण समारोहमा औपचारिक वा सास्कृति पहिचान झल्कने पोशाकमा निर्वाचन आयोगले दिएको प्रमाणपत्र र नागरिकताको प्रतिलिपि एकरएक प्रति लिएर उपस्थितिका सूचना प्रकाशन गरेर आग्रह गरिएको जानकारी दिए।
राष्ट्रिय सभा सदस्यमा महन्थ ठाकुर, रामकुमारी झाँक्री, सुनिलबहादुर थापा, ललितजंग शाही, रामकुमारी झाँक्री, सुनीलबहादुर थापा, रोशनी मेचे, धमेन्द्र पासवान, रन्जित कर्ण, रेखा झा, सोम पोर्तेल, गीता देवकोटा, डा। प्रेम दंगाल, जगत तिमिल्सिना, सम्झना देवकोटा, वासुदेव जंगली, चन्द्रबहादुर केसी, मिना रखाल, खम्मबहादुर खाती र लीला भण्डारी निर्वाचित भएका थिए।














