रामेछाप ।
रामेछापमा भएको सवारी दुर्घटनामा परेर २ जनाको ज्यान गुमेको छ । रामेछाप नगरपालिका–२ स्थित सिरुबारीमा सोमबार मतदान सामग्री र निर्वाचन कर्मचारी लिएर देउरालीतर्फ जाँदै गरेको ना ७ ख ६७६८ नम्बरको गाडी दुर्घटनामा परेको हो ।
दुर्घटनामा मतदान अधिकृत अधिकृत डोरप्रसाद घिमिरे र असई पर्शुराम यादवको ज्यान गुमेको रामेछापका प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले जानकारी दिए । उनका अनुसार असई यादवको दुर्घटना स्थल र मतदान अधिकृत घिमिरेको मन्थली अस्पतालमा उपचारको क्रममा ज्यान गुमेको हो ।
मतदान अधिकृत घिमिरेलाई रामेछाप– २ को वडा कार्यालय भवन, साँघुटार (ख) मतदान केन्द्रमा मतदान अधिकृतको रुपमा खटाइएको थियो । उनी रामेछाप नगरपालिका-३ स्थित साँघुटारस्थित रुद्राक्षश्वर माध्यामिक विद्यालयका शिक्षक हुन् । सीडीओ थापाले घाइते ७ जनालाई हेलिकप्टरमार्फत काठमाडौं पठाइएको जानकारी दिए । गाडीमा निर्वाचनका कर्मचारी र निर्वाचन सामग्रीहरू थिए ।













