प्रलोपाका गण्डकी प्रदेश अध्यक्ष नेकपामा प्रवेश

केन्द्रभाग मिडिया

बागलुङ ।

प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा)का गण्डकी प्रदेशका अध्यक्ष यज्ञ बल्लभ शर्मा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शर्माले प्रगतिशील लोकतान्त्रिक पार्टी परित्याग गर्दै नेकपा प्रवेश गरेका हुन् ।

शर्मालाई सोमबार नेकपाका नेताहरू दिनानाथ शर्मा र हितमान शाक्यले स्वागत गरे । उनी तत्कालीन माओवादी केन्द्रबाट विद्रोह गरेर जनार्दन शर्माले गठन गरेको प्रलोपातिर लागेका थिए । प्रलोपाले मार्क्सवादी सिद्धान्त र समाजवादी अर्थनीति परित्याग गरेकोले नेकपामै फर्किएको शर्माले बताए ।

तत्कालीन नेकपा माओवादीको एकता समाजदेखि सङ्गठन गरेका अनुभवी नेता हुन् । त्यस्तै नेकपा एमालेका गण्डकी प्रदेश सदस्य अमरसिंह घर्ती पनि नेकपामा प्रवेश गरेका छन् ।

  • १८ फाल्गुन २०८२, सोमबार १५:०४ प्रकाशित