काठमाडौं ।
आजदेखि एकसातासम्म लगायता सार्वजनिक बिदा सुरु भएको छ । फगुपूर्णिमा, निर्वाचन, महिला दिवस र शनिबारसमेत जोड्दा आजदेखि लगातार एकहप्ता दिनसम्म सार्वजनिक बिदा सुरु भएको हो । आज (सोमबार) र भोलि (मंगलबार) होली पर्व परेको छ । होलीका लागि आज पहाडी जिल्लामा सार्वजनिक बिदा छ भने भोलि तराईका जिल्लामा सार्वजनिक विदा छ ।
यही २१ फागुनमा प्रतिनिधि सभाको निर्वाचन हुँदैछ । त्यसका लागि सरकारले तीन दिन सार्वजनिक बिदा दिएको छ । यही २०, २१ र २२ भागुन गरेर तीन दिन सरकारले निर्वाचन बिदा दिएको छ ।
निर्वाचनको बिदा सकिएको भोलिपल्ट २३ फागुनमा शनिबार परेको छ । २४ फागुनमा नारी दिवस परेको छ । हरेक वर्ष संसारभर ८ मार्चलाई अन्तर्राष्ट्रिय नारी दिवसका रुपमा मनाउने गरिन्छ । त्यो दिन पनि सरकारले सार्बजनिक बिदा दिँदै आएको छ ।














