सरकारले रोक्यो यी १२ देशका लागि श्रम स्वीकृति

केन्द्रभाग मिडिया

काठमाडौं ।

सरकारले एक दर्जन देशको लागि श्रम स्वीकृति रोकेको छ । खाडी देशमा पछिल्लो समय विकसित घटनाक्रमलाई मध्यनजर गर्दै सरकारले श्रम स्वीकृति रोकेको हो । वैदेशिक रोजगार विभागले आइतबार एक सूचना जारी गर्दै साउदी अरेबिया, यूएई, कतार, कुवेत, बहराइन, ओमान, इराक, यमन, जोर्डन, लेबनन, टर्की र इजरायलका लागि प्रदान गरिने व्यक्तिगत र संस्थागत श्रम स्वीकृति अनिश्चितकालका लागि स्थगन गरेको हो ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट यो कदम चालेको विभागले जनाएको छ । यी देशमा रोजगारीका लागि विभाग र अन्तर्गतका निकायबाट प्रदान गरिने श्रम स्वीकृति अर्को सूचना जारी नभएसम्मका लागि स्थगन गरिएको सूचनामा उल्लेख छ ।

अमेरिका र इजरायलले शनिबारदेखि सुरु गरेको इरानविरुद्धको आक्रमण र त्यसविरुद्ध इरानले गरेको प्रत्याक्रमणले खाडी देशहरुमा अशान्ति छाएको छ।

  • १७ फाल्गुन २०८२, आईतवार २०:४४ प्रकाशित