अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ स्थिर

केन्द्रभाग मिडिया

पोखरा ।

आज (आइतबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड,, दिनारसहित सबैजसो विदेशी मुद्राको भाउ स्थिर छ । हिजो अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहितका मुद्राको मूल्य बढेको थियो भने अस्ट्रेलियन डलर, पाउन्डसहितका विदेशी मुद्राको भाउ घटेको थियो ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा छ । त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा छ ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा छ । आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७० पैसा छ ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ४८पैसा छ । आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८६ रुपैयाँ १८ पैसा छ ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • १७ फाल्गुन २०८२, आईतवार ०८:५७ प्रकाशित