कुनै राजनीतिक दलसंग गठबन्धन नगरिएको एमालेको प्रष्टोक्ति

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेकपा एमालेले प्रतिनिधि सभा सदस्य निर्वाचनमा कुनै राजनीतिक दलसँग गठबन्धन नगरिएको प्रष्टिकरण दिएको छ ।  एमाले निर्वाचन परिचालन समितिका प्रेस संयोजक मीनबहादुर शाहीले यस्तो प्रष्टिकरण दिएका हुन् ।

शनिबार सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले एमालेले आजसम्म कुनै पनि दलसँग गठबन्धन नगरेको उनको भनाई छ । एमाले देश बनाउने संकल्पका साथ चुनावी अभियानमा होमिएको शाहीको दावी छ।

एमालेका बारेमा स्वदेशी तथा विदेशी सञ्चारमाध्यममा आएका कतिपय विषय भ्रामक भएको उनले आरोप लगाए । निष्पक्ष सामग्री प्रस्तुत नभएको टिप्पणी गर्दै उनले एमालेले सम्पादकीय स्वतन्त्रताको सम्मान गर्ने समेत उल्लेख गरेका छन् ।

  • १६ फाल्गुन २०८२, शनिबार १५:०० प्रकाशित