नेकपा नेता पहाडी एमाले प्रवेश

केन्द्रभाग मिडिया

बुटवल ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन् । नेता पहाडीलाई एमाले उपाध्यक्ष विष्णु पौडेल र सचिव छविलाल विश्वकर्माले शनिबार आयोजित कार्यक्रममा पार्टी प्रवेश गराएका हुन् ।

पहाडी ०६४ मा नेकपा माओवादीका तर्फबाट समानुपातिक सांसद बनेका थिए ।

पहाडी, पत्रकार महासंघ रूपन्देहीको अध्यक्ष तथा ०७९ प्रदेश सदस्यमा उमेदवारसमेत थिए । पहाडीले कुनै लोभमा र लहडमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए । पहाडीले अब आफू एमाले उमेदवारलाई विजयी गराउन लाग्ने बताए ।

उनीसँगै नेकपा रुपन्देही सदस्य सरोज गौतम र नगर सदस्य जनक गौतम एमाले प्रवेश गरेका हुन् ।

  • १६ फाल्गुन २०८२, शनिबार १४:२८ प्रकाशित