आज अस्ट्रेलियन डलर सहित यी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज शनिबार अस्ट्रेलियन डलर, पाउन्डसहितका विदेशी मुद्राको भाउ घटेको छ । तर, अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहितका मुद्राको भाउ  भने बढेको राष्ट्र बैंकले जनाएको छ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २७ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८७ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा थियो।

गएको माघ १९ गते अमेरिकी डलर १ को खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा पुगेको थियो। अमेरिकी डलरको यो विनिमयदरदर हालसम्मकै महँगो हो।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ४७ पैसा र बिक्रीदर १७२ रुपैयाँ १८ पैसा छ। हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा थियो।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ८२ पैसा र बिक्रीदर १९६ रुपैयाँ ६३ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा थियो।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ २७ पैसा र बिक्रीदर १०३ रुपैयाँ ७० पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा थियो।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ५२ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ४८पैसा छ। हिजो कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ४७७ रुपैयाँ १२ पैसा थियो।

आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ २९ पैसा र बिक्रीदर ३८६ रुपैयाँ १८ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ र बिक्रीदर ३८६ रुपैयाँ ५९ पैसा थियो।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ।

वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

 

 

  • १६ फाल्गुन २०८२, शनिबार ०९:०४ प्रकाशित