आज सुनको भाउ घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

शुक्रबार सुनको भाउ सामान्य घटेको छ । अघिल्लो दिनको तुलनामा आज सुन प्रतितोला ५ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघले शुक्रबारका लागि सुनको भाउ प्रतितोला ३ लाख १४ हजार ९ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन ३ लाख १५ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो ।

यसअघि माघ १५ गते सुनको भाउ हालसम्मकै उच्च ३ लाख ३९ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।सुनको भाउ घट्दा पनि आज चाँदी बढेको छ । अघिल्लो दिनको तुलनामा आज चाँदी प्रतितोला १५ रुपैयाँ बढेर ५ हजार ७४० रुपैयाँ पुगेको छ ।

  • १५ फाल्गुन २०८२, शुक्रबार ११:३० प्रकाशित