पोखरा ।
नेपाली कांग्रेसको चुनावी सभालाई सम्बोधन गर्न सभापति गगन कुमार थापा आज पोखरा आउँदै छन् । गण्डकी प्रदेशको राजधानी पोखराको अम्मरसिंह चौरमा कांग्रेस कास्कीले चुनावी सभा आयोजना गरेको छ ।
कांग्रेस निर्वाचन प्रचारप्रसार समिति कास्कीका अनुसार आज दिउँसो १ः०० बजेबाट सुरु हुने सभालाई पार्टी सभापति थापा र उपसभापति विश्वप्रकास शर्माले सम्बोधन गर्ने कार्यक्रम छ।
कांग्रेस कास्कीका सभापति किसोरदत्त बरालका अनुसार चुनावी सभाको सबै तयारी पूरा भएको छ । कास्की जिल्ला स्तरीय चुनावी सभा भनिएपनि यसलाई सफल पार्न गण्डकी प्रदेश अन्तर्गतका ११ वटै जिल्लाका १८ वटै निर्वाचन क्षेत्रका उम्मेदवार तथा जिल्लाका नेता–कार्यकर्ताहरु पोखरा आएका छन् । सभामा सहभागी जुटाउन कास्कीका विभिन्न भागमा गरेर २०० बस परिचालन गरिएको कांग्रेस कास्की स्रोतले जनाएको छ ।
कांग्रेसले सभापति थापालाई सभागी गराएर जनकपुर, सुर्खेत र बाँकेमा चुनावी सभा गरिसकेको छ ।














