अस्ट्रेलियन डलर, युरो र पाउण्डसहित यी मुद्राको भाउ बढ्यो

केन्द्रभाग मिडिया

पोखरा ।
आज (शुक्रबार) अस्ट्रेलियन डलर, युरो, पाउन्डसहितका केही विदेशी मुद्राको भाउ बढेको छ । तर, अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ १६ पैसा र बिक्रीदर १४५ रुपैयाँ ७६ पैसा छ । हिजो आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९६ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३७ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा थियो ।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ३२ पैसा र बिक्रीदर १७२ रुपैयाँ ०३ पैसा छ। हिजो युरो १ को खरिददर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ३० पैसा र बिक्रीदर १०३ रुपैयाँ ७२ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा थियो ।

त्यसैगरि आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ १६ पैसा र बिक्रीदर ४७७ रुपैयाँ १२ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३२ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ र बिक्रीदर ३८६ रुपैयाँ ५९ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७४ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • १५ फाल्गुन २०८२, शुक्रबार ०८:५४ प्रकाशित