संखुवासभाको टोप्केगोला आसपास केन्द्रविन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प

केन्द्रभाग मिडिया

संखुवासभा ।

संखुवासभाको टोप्केगोला आसपास केन्द्रबिन्दु भएर आज बिहान भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका बिहान ३ बजेर १८ मिनेट जाँदा भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका बरिष्ठ भूकम्पविद् डा. लोकविजय अधिकारीका अनुसार यो भूकम्प ४.७ म्याग्निच्युड मापन गरिएको छ ।

यो भूकम्पको धक्का संखुवासभा, ताप्लेजुङसहितका जिल्लामा महसुस गरिएको अधिकारीले बताए । यो भूकम्पबाट हालसम्म मानवीय तथा भौतिक क्षति भएको कुनै सूचना प्राप्त नभएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रमुख प्रहरी नायव उपरीक्षक कुमार प्रसाद मैनालीले जानकारी दिए ।

  • १५ फाल्गुन २०८२, शुक्रबार ०८:३० प्रकाशित