किन छाडे राजु राईले रास्वपा ?

केन्द्रभाग मिडिया

पोखरा ।

राजनीति भनेको सोझो र इमान्दारले गर्ने काम होइन रहेछ भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता राजु राईले पार्टी छाडेको घोषणा गरेका छन् । टिकट वितरणदेखि नै असन्तुष्ट रहेका उनले बिहीबार पार्टी छोडेको घोषणा गरेका हुन् ।

सामाजिक सञ्जाल मार्फत पार्टी छाडेको घोषणा गरेका उनले अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्ने उल्लेख गरेका छन् । ‘राजनीति भनेको सोझो र इमानदारले गर्ने काम होइन रहेछ । आजदेखि राजनीति र पार्टीको लागि १ कौडी पैसो र १ सेकेन्ड समय पनि खेर फाल्ने छैन,’ उनले लेखेका छन्, ‘अब स्वतन्त्र नागरिक भएर समाज सेवामा लाग्नेछु ।’

उनले यसपाली चुनावमा उठ्ने तयारीमा थिए । रास्वपाले कास्की क्षेत्र नम्बर १ मा बालेन खड्कराज पौडेल (गनेस) लाई टिकट दिएपछि उनी असन्तुष्ट थिए । यस अगाडि २०७९ को चुनावमा कास्की १ बाट रास्वपा उम्मेदवार रहेका उनले १० हजार ९ सय ४१ मत प्राप्त गरेका थिए ।

 

  • १४ फाल्गुन २०८२, बिहीबार १३:४६ प्रकाशित