पोखरा ।
नेपाली कांग्रेस चुनावी सभामा व्यस्त हुँदा पार्टीका निवर्तमान सभापति शेरबहादुर देउवा भने सिंगापुर प्रस्थान गरेका छन् । कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्देछ ।
भोलि (शुक्रबार) बुटवल र पोखरामा चुनावी सभा गर्दैछ । यसअघि जनकपुरमा सभा गरिसकेको कांग्रेसले देशव्यापी चुनावी सभा गर्दैगर्दा निवर्तमान सभापति सिंगापुर प्रस्थान गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । देउवा स्वास्थ्य उपचारका लागि भन्दै देउवा सिंगापुर प्रस्थान गरेका हुन् ।
सिंगापुर एयरलाइन्सको उडानबाट देउवा बुधबार नै त्यसतर्फ उडेको त्रिभुवन विमानस्थल स्रोतले बताएको छ । देउवासँग अरु केही व्यक्ति पनि सिंगापुर गएका छन् ।
जेनजी आन्दोलन पछि निस्क्रिय बसेका देउवा पार्टीमा समेत विशेष महाधिवेशन मार्फत अपदस्तमा परेका थिए । अन्तिम पटक निर्वाचन फेस गर्ने इच्छालाई समेत सभापति गगन कुमार थापाले पूरा गर्न नदिएपछि उनी आफ्नो कुनैपनि धारणा सार्वजनिक नगरी सिंगापुर गएका हुन् ।
देउवा पक्षकै केही नेताहरु निर्वाचनमा उम्मेद्वार बनेर होमिएका बेला आफ्नै पार्टीका उम्मेद्वार र चुनाव चिन्ह रुखमा मतदान गर्न उनले आह्वान गर्ने अपेक्षा कांग्रेस नेताहरुले गरेका थिए ।













