गण्डकीसहित यी चार प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना

केन्द्रभाग मिडिया

पोखरा ।
हाल नेपालमा उपल्लो वायुमण्डलमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव छ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी तथा हिमाली भूभागमा साधरणतया बादल लागेको छ । अहिले बिहान कोशी, बागमती र गण्डकी प्रदेशका एक-दुई स्थानमा छिटपुट वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भूभागका थोरै स्थानहरूमा र बाँकी प्रदेशको पहाडी र हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

राति कोशी, गण्डकी र कर्णाली प्रदेशको हिमाली भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्सहित हल्का वर्षा र हिमपातको सम्भावना छ ।

  • १४ फाल्गुन २०८२, बिहीबार ०६:५९ प्रकाशित