पोखरा ।
आज (बिहीबार) अमेरिकी डलर, युरो, कुवेती र बहराइन दिनारसहित केही विदेशी मुद्राको भाउ घटेको छ । तर, अस्ट्रेलियन डलरसहित कपितपय मुद्राको भाउ बढेको छ । आज पाउन्डको भाउ भने स्थिर छ।
राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८२ पैसा छ । हिजो आज अमेरिकी डलर १ को खरिददर १४५ रुपैयाँ २३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ८३ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९५ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९६ रुपैयाँ ७५ पैसा छ । हिजो पनि पाउन्ड स्ट्रलिङको विनिमयदर यही थियो ।
त्यसैगरि आज युरो १ को खरिददर १७० रुपैयाँ ९५ पैसा र बिक्रीदर १७१ रुपैयाँ ६६ पैसा छ । हिजो युरो १ को खरिददर १७१ रुपैयाँ १० पैसा र बिक्रीदर १७१ रुपैयाँ ८० पैसा थियो ।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १०३ रुपैयाँ १६ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा थियो ।
आज कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ३५ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३२ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७५ रुपैयाँ ३८ पैसा र बिक्रीदर ४७७ रुपैयाँ ३५ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ १५ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७४ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८५ रुपैयाँ १७ पैसा र बिक्रीदर ३८६ रुपैयाँ ७७ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













