रोल्पामा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

रोल्पा ।

दाङको घोराहीदेखि रोल्पाको परिवर्तन गाउँपालिकाको बागमारा आउँदै गरेको जिप दुर्घटनामा परेको छ । मंगलबार बिहान रुन्टीगढी गाउँपालिका–५ खुम्बास भन्ने स्थानमा जिप दुर्घटना भएको हो ।

प्रहरी नायब उपरीक्षक वीरेन्द्रवीर विश्वकर्माका अनुसार, सो दुर्घटनामा परेर परिवर्तन–६ की २४ वर्षीया विष्णुमाया बुढा मगरको ज्यान गएको हो ।११ जना यात्रुलाई लिएर बिहान दाङबाट हिंडेको लु १ ज ४८५४ नम्बरको टाटा सुमो जिप सडकभन्दा तल खसेको हो ।

घाइते भएका १० जनालाई उपचारका लागि दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको छ ।

  • १२ फाल्गुन २०८२, मंगलवार १३:५७ प्रकाशित