पोखरा ।
पर्यटक बहाक सवारीसाधन मार्फत यात्रुलाई सेवा दिने पोखराको प्रतिष्ठित ट्राभल्स कम्पनी स्विफ्ट होलीडेज प्रालिेले यात्रुको थप सुविधालाई ध्यानमा राखेर थप सुविधासम्पन्न भोल्भो युरो ६ मोडलका ६ वटा सुबिधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ ।
मंगलबार विहान प्रालिका अध्यक्ष नारायाण पौडेलले प्रबन्ध निर्देशक मिलन नेपाललाई चावी हस्तान्तरण गरेर थप सेवाको शुभारम्भ गरेका हुन् ।
प्रति बस १ करोड ३० लाख रुपैयाँ परेको सवारीमा कस्टम ड्यीटीमा २० प्रतिसत छुट प्राप्त भएको प्रालिका अध्यक्ष नारायण पौडेलले जानकारी दिए । नयाँ आयाम र सुरक्षित यात्राका लागि आफूहरुले सेवा प्रदान गरेको उनले बताए ।
उनका अनुसार नयाँ बसबाट काठमाडौं पोखराको यात्रा ५ घण्टामा पुरा हुनेछ । सुरक्षित, भरपर्दो र तोकिएकै समयमा यात्रा गराइने अध्यक्ष पौडेलले प्रतिवद्धता जनाए । जम्मा ४० सिट क्षेमताको यो बसका सिटहरु जहाजमा भन्दापनि सुविधायुक्त रहेका बताइएको छ ।
स्विस होलिडेज प्रालिका प्रबन्ध निर्देशक मिलन नेपालले काठमाडौं, चितवन र लुम्बिनीमा सेवा प्रदान गरिएकोमा अब थप सुविधा उपलब्ध भएको बताए । काठमाडौं, लुम्बिनी र चितवनका लागि समेत सेवा प्रदान गर्ने उद्देश्य राखिएको जानकारी दिए ।
उनका अनुसार पोखरादेखि काठमाडौं जाने यात्रुले प्रति यात्रु १२ सय रुपैयाँ खर्चिनुपर्ने छ । गाडीमा युरोपियन स्ट्ण्डर रहेको, एयर सस्पेन्सन, नेपालको सडक अवस्थालाई हेर्दा यात्रा थप आरामदायी हुने उनले बताए ।
अरु सवारीसाधनको तुलनामा ८५ प्रतिशत कम कार्वन उत्सर्जन गर्ने हुँदा यो गाडी पर्यावरणमैत्री रहेको उनले दाबी गरे । सन २०१८ बाट कोस्टर गाडी मार्फत सेवा सुरु गरेको स्विफ्ट होलिडेज प्रालिमा अहिले ठूलासाना गरेर ४० भन्दा धेरै सवारीसाधन मार्फत यात्रुलाई सेवा प्रदान भएको छ ।













