आज पनि बढ्यो सुनको मूल्य

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।आज सुनको मूल्य प्रतितोला  १ हजार ३ सयले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ३ लाख १४ हजार ८ सयमा कारोबार भइरहेको छ । हिजो सुन प्रतितोला ३ लाख १३ हजार ५ सयमा कारोबार भएको थियो ।

त्यस्तै, आज सुन प्रतिदश ग्राम रु २ लाख ६९ हजार ८ सय ९० निर्धारण गरिएको महासंघले जनाएको छ । हिजो प्रतिदश ग्राम २ लाख ६८ हजार ७ सय ७५ रहेको थियो ।

यता, चाँदीको मूल्य भने घटेको छ । आज चाँदी प्रतितोला  ५ हजार ५ सय ८५ मा कारोबार भइरहेको छ । हिजो चाँदी प्रतितोला ५ हजार ५ सय ९५ रहेको थियो ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारको मूल्यका आधारमा दैनिक रूपमा सुनचाँदीको मूल्य निर्धारण हुँदै आएको छ ।

  • १२ फाल्गुन २०८२, मंगलवार ११:१६ प्रकाशित