पोखरा ।
पोखरा महानगरपालिका वडा नं.४ गैह्रापाटनमा अवस्थित कुमुदिनी होम्स माध्यमिक विद्यालयमा क्रियाशील कुमुदिनी साहित्यिक मञ्चले विभिन्न साहित्यिक गतिविधिहरू सञ्चालन गर्दै आइरहेको छ। त्यसै क्रममा सोमवार मञ्चको आयोजनामा माध्यमिक तह (९-१२) स्तरीय कविता प्रतियोगिता सम्पन्न भएको छ ।
शिक्षकहरू दिपेन्द्र थापा मगर र दिपक केसी निर्णायक रहनुभएको प्रतियोगितामा कक्षा ११ विज्ञान संकायका सन्दिप अधिकारी प्रथम , कक्षा ११ विज्ञान संकायकै सलिना खत्री द्वितीय , कक्षा १२ विज्ञान संकायका अर्जुन विश्वकर्मा तृतीय र कक्षा ११ विज्ञान संकायकी नम्रता अधिकारी चौँथो भएका छन् ।
साहित्यिक मञ्चका संरक्षक मन बहादुर भुजेलले विजयी विद्यार्थीलाई बधाई ज्ञापन गर्दै यस्ता रचनात्मक कार्यले विद्यार्थीमा सिर्जनशील क्षमताको विकास गराउने कुरामा जोड दिए । मञ्चका कार्य समिति सदस्य लियोन पुनको अध्यक्षतामा सम्पन्न कार्यक्रम सल्लाहकार शुशिल नेपालीले सञ्चालन गरेका शिक्षक सुरेन्द्र सदिच्छाले जानकारी दिए ।












