काठमाडौं ।
उदयपुरको उदयपुरगढी गाउँपालिका–७ अधेरी जोगी टोलमा बस दुर्घटना भएको छ ।
सोमबार दिउँसो कटारीबाट गाईघाटतर्फ आउँदै गरेको बा २ ख ६२५७ नं।को ओखलढुङ्गे बस दुर्घटनामा परेको हो ।प्रहरीका अनुसार, बस ब्रेक फेल भई सडकबाट अन्दाजी ३०/४० फिट तल खसेर दुर्घटना मा परेको हो ।
दुर्घटनामा परेर झन्डै एक दर्जन व्यक्ति घाइते भएको भएको प्रहरीले जनाएको छ ।यद्यपि घटनाबारे विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।













