रौतहट ।
रौतहटको गौरमा दुई समुदायबीचको द्वन्द्व समाधानका लागि सद्भाव र्याली निकालिने भएको छ । प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले आह्वान गरेको सर्वदलीय बैठकले सद्भाव र्याली निकाल्ने निर्णय गरेको हो ।
भुसालका अनुसार सद्भाव र्याली सोमबार बिहान साढे ७ बजे निस्किने छ । धार्मिक-सामाजिक-सांस्कृतिक सद्भाव र शान्तिको सन्देश दिने गरी नागरिक समाजका अगुवाहरूको सहभागितामा सद्भाव र्याली निकाल्ने सहमति भएको प्रशासनले जनाएको छ ।













