ऋषिराम कट्टेललाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश

केन्द्रभाग मिडिया

काठमाडौं।

सर्वोच्च अदालतले नेकपाका अध्यक्ष ऋषिराम कट्टेललाई पक्राउ गर्नुको कारणसहित अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

ऋषिराम कट्टेलको हकमा छोरा रुपेश कट्टेलले दिएको बन्दीप्रत्यक्षीकरण रिटमा सुनुवाइ गर्दै न्यायाधीश टेकप्रसाद ढुंगानाको एकल इजलासले कट्टेललाई अदालतमा उपस्थित गराउन र लिखित जवाफ पेश गर्न गृहमन्त्रालयसहितको नाममा आदेश दिएको हो ।

निर्वाचन बिथोल्ने गतिविधि गरेको आरोपमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत फागुन ६ गते कट्टेललाई कीर्तिपुरबाट पक्राउ गरेको थियो । प्रहरीले कट्टेलसहित हालसम्म नेकपा बहुमतका महासचिव धर्मेन्द्र बास्तोला र नेता विष्णुप्रसाद तिमिल्सिना तथा दुर्गा प्रसाईं समूहका एसपी साहलाई पक्राउ गरेर हिरासतमा राखेको छ ।

यसअघि दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरण रिटमा गत शुक्रबार मात्रै सर्वोच्च अदालतले बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश दिइसकेको छ ।

  • १० फाल्गुन २०८२, आईतवार १४:४७ प्रकाशित