काठमाडौंको रानीवारिबाट १८ तोला सुन चोरी

केन्द्रभाग मिडिया

chori

काठमाडौं ।

काठमाडौं महानगरपालिका–२६ स्थित रानीवारिमा रहेको एउटा घरबाट ठुलो परिमाणमा सुनका गहना चोरी भएको छ ।

रानीवारि स्थित सरकारी धारामा बस्ने ३५ वर्षीया कालिका रोका मगरको डेराबाट सुन र नगद सहित करिब ५६ लाख ५० हजार बराबरको चोरी भएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

घरमा कोही नभएको मौकामा शनिवार दिउँसो सुन चोरी भएको हो । घटनाबारे प्रहरी वृत्त सोह्रखुट्टले अनुसन्धान गरिरहेको छ ।

  • १० फाल्गुन २०८२, आईतवार १३:५८ प्रकाशित