पोखरा ।
२५औँ संस्करणको आहा रारा पोखरा गोल्डकपको फाइनलमा आयोजक सहारा क्लब र जावलाखेल युथ क्लब भिड्ने भएछन् । फाइनल खेल भोलि फागुन ९ गते हुने भएको छ ।
बिहीबारको प्रतिस्पर्धामा १० खेलाडीमा सीमित हुँदा पनि जावलाखेलले उपाधि भिडन्त पक्का गर्न सकेको हो । उज्वेकिस्तानको बलियो टिम आभा फुटबल क्लबलाई १–० गोलअन्तरले पराजित ग¥यो ।
सहाराले भने मनाङ मस्र्याङ्दी क्लबलाई सेमिफाइनलमा सडन डेथको शिकार बनाउँदै फाइनल पुगेको हो । सहाराले १२ औँ संस्करणको उपाधि जितेको छ ।
११ र १५ औँ संस्करणमा समेत फाइनल पुगेर पनि उपाधिबाट वञ्चित बनेको थियो ।शनिबार सहारा र जावलाखेलबिच हुने फाइनलमा विजेताले १४ लाख र उपविजेताले ७ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।














