आज सुनको भाउ स्थिर, चाँदीको घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

शुक्रबार सुनको भाउ स्थिर हुँदा चाँदीको भाउ घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज शुक्रबार सुनको भाउ तोलाको ३ लाख ४ हजार ७ सय रुपैयाँ तोकेको छ । हिजो बिहीबार पनि सोही मूल्यमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको भाउ भने घटेको छ । चाँदी तोलामा १० रुपैयाँले घटेर ५ हजार ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

हिजो बिहीबार चाँदी प्रतितोला ५ हजार ६० रुपैयाँमा कारोबार भएको थियो ।

  • ८ फाल्गुन २०८२, शुक्रबार १२:१८ प्रकाशित