कुमुदिनी होम्समा ‘जेनेरेटिभ एआई’ शिक्षण कार्यशाला

केन्द्रभाग मिडिया

पोखरा ।
पोखरा ४ गैहापाटनमा रहेको कुमुदिनी होम्स माध्यमिक विद्यालयमा बिहीवार विद्यालयका शिक्षकहरूका लागि जेनेरेटिभ एआई शिक्षणबारे एक दिने कार्यशाला सम्पन्न भएको छ ।

कार्यशालाको प्रारम्भमा बोल्दै विद्यालयका संस्थापक अध्यक्ष अशोक पालिखेले आधुनिक प्रविधिको विकाससँगै शिक्षकहरू पनि प्रविधिमैत्री हुनुपर्नेमा जोड दिए ।

अध्यक्ष पालिखेले अबको शिक्षा परम्परागत तरिकाले मात्र सम्भव नभएको बताए । ‘हामी त्यस्तो युगमा छौँ जहाँ विद्यार्थीहरू सूचना प्रविधिसँग निकै नजिक छन् । यदि शिक्षकले समयअनुसार आफूलाई अपडेट गरेनन् भने उनीहरू विद्यार्थीभन्दा पछि पर्ने डर हुन्छ,’ उनले भने ।

गणित शिक्षक मन बहादुर भुजेल, सह प्रचार्य मुकेश कुमार अधिकारीले समय प्रविधिको भएकाले शिक्षण सिकाइका लागि एआईलाई सहयोगीको रुपमा अँगाल्न जरुरी भएको र कार्यशाला फलदायी भएको बताए ।

कार्यशालामा काठमाडौंबाट पोखरा आएका काठमाडौं युनिभर्सिटिका डा‍।भरत न्यौपाने र डा। निरोज दाहालले सहजिकरण गरेका थिए । सो अवसरमा उनीहरुले एआई शिक्षकको ‘सहयोगी’ मात्र भएको र विकल्प नभएको बताए ।

  • ७ फाल्गुन २०८२, बिहीबार १९:५६ प्रकाशित