काठमाडौं।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले लोकतन्त्रको ठेक्का कसैले नलिन आग्रह गरेका छन् । बिहीबार कर्णाली प्रदेशको राजधानी सुर्खेतमा चुनावी घोषणापत्र सार्वजनिक गर्दै उनले लोकतन्त्र अब जनताले जोगाउने बताए ।
‘लोकतन्त्र कुनै नेता तथा पार्टीले ठेक्का लिनुपर्दैन । लोकतन्त्र जनताले जोगाउँछन् । लोकतन्त्रप्रति हामीलाई विश्वास छ । जनता जागेको बेला कचकच गर्न पाइँदैन’, उनले भने, ‘हाम्रो वैदेशिक नीतिमा कसैले चिन्ता गर्नुपर्दैन । एउटा खाल्टो पुर्न वर्षौँसम्म लगाउने कामको अन्त्य गर्न खोजेको हो रास्वपाले । बहुमतको स्थायी सरकार हामीले दिन सकेनौँ भने मुलुक अप्ठ्यारोमा पुग्छ । जनताले खोलेको हो रास्वपा । देश आँखै अगाडि नर्क बन्न लाग्दा रोक्न खोजेको हो । रास्वपाले सरकार बनाएपछि जनतासँग गरिएको वाचा पुरा गर्छ ।’














