काठमाडौं ।
नेपाली कांग्रेसले प्रधानमन्त्री र मुख्यमन्त्रीको कार्यकाल तोक्ने प्रस्ताव गरेको छ । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि तयार पारेको प्रतिज्ञा पत्रमा प्रधानमन्त्री र मुख्यमन्त्री दुई पटक मात्र बन्न पाउने व्यवस्था ल्याउने उल्लेख गरेको हो ।
बिहीबार काठमाडौँमा आयोजित ‘हाम्रो प्रतिज्ञा, तपाईँको पश्च’ शीर्षकको अन्तरक्रियामा सभापति गगन थापाले सङ्घ र प्रदेशमा मन्त्रालयको सङ्ख्या घटाउनेबारे पनि प्रतिज्ञा पत्रमा उल्लेख गरिएको जानकारी दिए ।
‘प्रधानमन्त्री र मुख्यमन्त्री अब दुईरदुई पटक मात्रै बन्न पाउने हाम्रो प्रतिज्ञा पत्रमा उल्लेख छ,’ थापाले भने, ‘त्यस्तै सङ्घमा १६ र प्रदेशमा ६ मात्रै मन्त्रालय बनाउने हाम्रो प्रतिज्ञा हो । अब गठबन्धन गरेर दल मिलाउन पर्यो भनेर मन्त्रालय थप्ने व्यवस्था हामी कदापि गर्ने छैनौँ ।’













