काठमाडौं ।
टर्कीको इस्तानबुलबाट काठमाडौं आएको टर्किस एयरलाइन्सको जहाज अवतरण गर्ने क्रममा प्राविधिक समस्या उत्पन्न हुँदा ‘ओभरसुट’ गरी बंगलादेशको ढाका गएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका अनुसार टर्किसको उडान नम्बर टीके ७२६ जहाजमा अवतरण गर्ने क्रममा प्राविधिक समस्या आउँदा लगत्तै ओभरसुट गरेको थियो ।
विमानस्थलका कारण नभई टर्किसको जहाजमै प्राविधिक समस्या आएको थियो विमानस्थलका एक अधिकारीले बताएका छन् । जहाजको चालकदलले यहीँ अवतरण नगर्ने बरु बंगलादेशको ढाका डाइभर्ट गर्ने भनेपछि उतै गएको उनले भने ।
टर्किसको ए ३३० सिरिजको उक्त वाइड बडी जहाज बुधबार बिहान ११ : १० बजे त्रिभुवन विमानस्थल अवतरण गर्ने तालिका थियो । जहाज १० : ५६ बजे विमानस्थल आइपुग्ने अनुमानित समय थियो ।
टर्किसको उक्त जहाज केही बेरअघि ढाकामा सुरक्षित अवतरण गरिसकेको छ ।














