कांग्रेसको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली कांग्रेसको आसन्न निर्वाचनको प्रतिज्ञा पत्र सर्वसम्मत रूपमा पारित भएको छ ।

बुधबार बसेको पार्टीको केन्द्रीय कार्यसमितिको भर्चुअल बैठकले प्रतिज्ञा पत्र पारित गरेको कार्यबाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिए ।

सभापति गगन थापाको नेतृत्वमा आज केन्द्रीय कार्यसमितिको भर्चुअल बैठक बसेको थियो ।कांग्रेसले आजै मधेश प्रदेशको राजधानी जनकपुरमा प्रतिज्ञा पत्र सार्वजनिक गर्दैछ ।

त्यसअघि कांग्रेसले उक्त पत्र पार्टी बैठकबाट पारित गरेको हो ।

  • ६ फाल्गुन २०८२, बुधबार १३:११ प्रकाशित