आज सुनको मूल्य घट्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । यस्तै चाँदीको मूल्य पनि सामान्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारछापावाल सुनको मूल्य प्रतितोला ३ लाख ४ सय रुपैयाँ कायम भएको छ। मंगलबार प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ रहेको सुनको मूल्य आज १ हजार ५ सय रुपैयाँले घटेको हो।

त्यसैगरी, सुनको मूल्य आज प्रतिदस ग्राम २ लाख ५७ हजार ५ सय ४५ रुपैयाँ कायम भएको छ, जुन अघिल्लो दिन २ लाख ५८ हजार ८ सय ३० रुपैयाँ थियो।

चाँदीको मूल्य पनि घटेको छ। मंगलबार प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँ रहेको चाँदी आज ५ रुपैयाँले घटेर ४ हजार ८ सय ८० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
चाँदीको मूल्य प्रतिदस ग्राम ४ हजार १ सय ८४ रुपैयाँ कायम भएको छ । जुन अघिल्लो दिन ४ हजार १ सय ८८ रुपैयाँ थियो।

  • ६ फाल्गुन २०८२, बुधबार ११:१७ प्रकाशित