आज सुनको मुल्य कति छ ?

केन्द्रभाग मिडिया

काठमाडौं ।

नेपाली बजारमा मंगलबार आज पनि सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलवार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले घटेको छ ।

९ सय रुपैयाँले घटेर सुन मंगलबार नेपाली बजारमा प्रतितोला ३ लाख १ हजार ९ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । सोमबार नेपाली बजारमा सुन प्रतितोला ३ लाख २ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । आइतबार ३ लाख ५ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

महासङ्घका अनुसार आज सुनको मूल्य १० ग्रामको २ लाख ५८ हजार ८३० रुपैयाँ तोकिएको छ। यस्तै, चाँदीको मूल्य भने बढेको छ। आज चाँदी प्रतितोला ४ हजार ८ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।

मंगलबार चाँदी २५ रुपैयाँले बढेको छ । सोमबार प्रतितोला ४ हजार ८६० रुपैयाँमा कारोबार भएको थियो । महासङ्घका अनुसार आज चाँदी १० ग्रामको ४ हजार १ सय ८८ रुपैयाँमा कारोबार भइरहेको छ।

  • ५ फाल्गुन २०८२, मंगलवार ११:३२ प्रकाशित