अमेरिकी र अस्ट्रेलियन डलरसहित यी मुद्राको भाउ घट्यो

केन्द्रभाग मिडिया

पोखरा ।

आज (मंगलबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, पाउन्ड, कुवेती र बहराइन दिनारसहितका विदेशी मुद्राको भाउ घटेको छ। तर, युरोसहित केही मुद्राको भाउ भने बढेको छ ।

नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३५ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ७२ पैसा र बिक्रीदर १४५ रुपैयाँ ३२ पैसा थियो ।

आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १९८ रुपैयाँ ३७ पैसा छ। हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९७ रुपैयाँ ३५ पैसा थियो ।

आज अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ५० पैसा र बिक्रीदर १०२ रुपैयाँ ९२ पैसा छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०२ रुपैयाँ ३९ पैसा र बिक्रीदर १०२ रुपैयाँ ८१ पैसा थियो।

त्यसैगरि आज युरो १ को खरिददर १७१ रुपैयाँ ७४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४५ पैसा छ । हिजो युरो १ को खरिददर १७१ रुपैयाँ ७६ पैसा र बिक्रीदर १७२ रुपैयाँ ४७ पैसा थियो । आज कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ३६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ३२ पैसा छ । हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ २६ पैसा र बिक्रीदर ४७६ रुपैयाँ २२ पैसा थियो ।

आज बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ९६ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ५५ पैसा छ । हिजो बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ८५ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ४४ पैसा थियो ।

यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।

  • ५ फाल्गुन २०८२, मंगलवार ०६:५८ प्रकाशित