काठमाडौं ।
उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले पार्टीका नेता कार्यकर्तालाई चुनावमा केन्द्रित हुन आग्रह गरेका छन्।
विभिन्न जिल्लाबाट आएका नेता कार्यकर्तालाई पार्टीमा भित्र्याउँदै पार्टीका उम्मेदवारहरूलाई अत्यधिक मतका साथ जिताउन लाग्न आग्रह गरे।पार्टी निर्माणकै क्रममा रहेको भन्दै काम अनुसारको जिम्मेवारी दिने बताए।
उनले भने, ‘यो हामीले बनाउने पार्टी हो। कामअनुसार नै जिम्मेवारी हुने हो। चुनावपछि महाधिवेशन हुन्छ, महाधिवेशनपछि सबैले जिम्मेवारी पाउनुहुन्छ, अहिले पनि छलफल गरेर चाँडै नै जिम्मेवारी तोक्छौँ, केन्द्रीय समिति बैठकले छलफल गरेर निर्णय गर्छ।’
उनले जिल्ला जिल्लामा खटेका नेताहरूको जिम्मेवारी नतोकेको भन्दै चुनावमा केन्द्रित हुन आग्रह गरे।














