आज ७ अर्ब ९४ करोडको सेयर कारोबार

केन्द्रभाग मिडिया

काठमाडौं।

नेपाल स्टक एक्सचेन्ज परिसूचक ८.१६ अङ्कले घटेको छ । आइतबार सार्वजनिक बिदा भएका कारण सातामा पहिलो दिन सोमबार खुलेको बजार घटेर २६६२.९१ विन्दुमा ओर्लिएको हो ।

आज बजारमा दिनभरमा ३३५ वटा कम्पनी १ करोड ९६ लाख कित्ता सेयर ७ अर्ब ९४ करोड रुपैयाँमा कारोबार भएको छ ।

आजको बजारमा कुल १६३ कम्पनीको सेयर मूल्यमा गिरावट आउँदा ८६ कम्पनीका लगानीकर्ताले मात्र नाफा कमाएका छन् भने ९ वटा कम्पनीको मूल्य स्थिर रहेको छ। रिलायन्स स्पिनिङ मिल र सालपा विकास बैंकको मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसमध्ये रिलायन्स र सालपा आईपीओ जारी भई आजदेखि कारोबार भएका कम्पनी हुन् ।

  • ४ फाल्गुन २०८२, सोमबार १६:०४ प्रकाशित