पोखरा -४ ले आयोजना गरेको भजन प्रतियोगितामा धर्मस्थली भजन समूह प्रथम

केन्द्रभाग मिडिया

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्बर-४ ले महाशिवरात्री उत्सव २०८२ को अवसर पारेर आयोजना गरेको खुला भजन प्रतियोगितामा पोखरा ५ मा रहेको धर्मस्थली भजन समूह प्रथम भएको छ ।

कुल १० समूह सहभागी प्रतियोगितामा  सुक्ला गण्डकी तनहुँको महेश्वर खनाल समूह दोस्रो भएको छ । प्रतियोगितामा पोखरा २३ को पञ्चासे भजन समूह तृतिय हुन सफल भएको छ । पोखरा १९ लामाचौरको गणेश मन्दिर सभजन समूह सान्त्वना हुन सफल भएको छ ।

प्रतियोगितामा प्रथम हुन सफल धर्मस्थली भजन समूहले ५० हजार रुपैयाँसहित प्रमाणपत्र प्रप्त गरेको छ । दोस्रो हुन सफल महेश्वर खनाल भजन समूहले ३० हजार रुपैयाँ सहित प्रमाणपत्र प्रप्त गरेको छ । तृतिय हुन सफल पञ्चासे भजन समूहले २० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ । यसैगरी सान्त्वना हुन सफल गणेश मन्दिर भजन समूहले १० हजार रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

उत्कृष्ठ झाँकीतर्फ  पोखरा २५ को हेमजाको देविस्थान बाल भजन समूहले ५ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरेको छ ।

पोखरा महानगरपालिका वडा नम्बर ४ ले संस्कृति संरक्षणका लागि भन्दै यमरी महोत्सव र तिज गीत प्रतियोगिता लगायतका विभिन्न कार्यक्रम गर्दै आएको छ । पोखरा ४ का वडाध्यक्ष देवकृष्ण पराजुलीले विकास भनेको बाटोघाटो र भौतिक पूर्वाधार निर्माण मात्र नभएर संस्कृति संरक्षण र यसको उजागर गर्नुपनि विकास हुने बताएका छन् ।

उनले यस्ता प्रतियोगिताहरुलाई आगामी दिनमा पनि निरन्तरता दिने जानकारी दिए ।

 

  • ३ फाल्गुन २०८२, आईतवार २०:०२ प्रकाशित