२०८३ सालमा विवाहका ४१ लगन (सूचीसहित)

केन्द्रभाग मिडिया

काठमाडौं ।

ज्योतिषीय गणनाअनुसार २०८३ सालमा विवाहका लागि जम्मा ४१ दिन लगन रहेको बताइएको छ।

विवाहलाई पारिवारिक तथा सामाजिक मिलनका रूपमा लिइन्छ । एउटी स्त्री र एउटा पुरुषले सँगै जीवनयापनका लागि आपसी सहमतिमा स्थापित सम्बन्धलाई विवाह भनिन्छ । प्रचलित कानुनी व्यवस्थाअनुसार साक्षी राखेर २० वर्ष उमेर पुगेका बर र बधुले विवाह गर्न सक्छन् ।

धार्मिक ग्रन्थहरूमा विवाहलाई दुई आत्माबीचको पवित्र मिलनका रूपमा व्याख्या गरिएको छ । मनुस्मृति लगायतका शास्त्रमा विवाहलाई भाग्य र समयअनुसार सम्पन्न हुने संस्कार मानिएको छ । विभिन्न जातजाति, धर्म र सम्प्रदायअनुसार विवाहका संस्कार फरक–फरक भए पनि हिन्दू परम्परामा शुभ साइत (लगन)मा विवाह गर्ने चलन छ।

वैशाख (८ दिन)
७ गते — दिउँसो

८ गते — दिउँसो र राति

२२ गते — राति

२३ गते — दिउँसो

२४ गते — राति

२५ गते — दिउँसो

३० गते — राति

३१ गते — दिउँसो

असार (७ दिन)
९ गते — दिउँसो

१३ गते — दिउँसो

१४ गते — राति

१५ गते — राति

१७ गते — दिउँसो

१८ गते — दिउँसो

२३ गते — दिउँसो

मंसिर (८ दिन)
९ गते — दिउँसो र राति

१० गते — दिउँसो र राति

१६ गते — राति

१७ गते — दिउँसो

१९ गते — राति

२४ गते — राति

२५ गते — राति

२६ गते — दिउँसो

माघ (६ दिन)
४ गते — राति

१२ गते — राति

१५ गते — दिउँसो र राति

१९ गते — दिउँसो र राति

२० गते — दिउँसो र राति

२७ गते — दिउँसो र राति

फाल्गुन (१२ दिन — सबैभन्दा धेरै)
३ गते — दिउँसो र राति

४ गते — दिउँसो

११ गते — दिउँसो

१२ गते — दिउँसो

१५ गते — राति

१६ गते — दिउँसो

१७ गते — राति

१८ गते — दिउँसो

२० गते — दिउँसो र राति

२५ गते — राति

२६ गते — दिउँसो

३० गते — राति

शास्त्रअनुसार विवाहअघि बर–बधुको चिना मिलाएर दोष नभएको सुनिश्चित गरिन्छ। वर्ण, वश्य, तारा, योनी, मैत्री, गण, भकुट र नाडी गरी ३६ गुणमध्ये कम्तीमा १८ गुण मिल्नु उपयुक्त मानिन्छ।

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष शम्भुप्रसाद ढकालका अनुसार २०८३ आषाढ ३२ गते बृहस्पति ग्रह अस्त भएर साउन २४ गते उदय हुने र असोज २८ गते शुक्र ग्रह अस्त भएर कार्तिक ११ गते उदय हुने भए पनि ती अवधिमा विवाहको लगन नपर्ने भएकाले यसको असर नपर्ने जनाइएको छ।

  • ३ फाल्गुन २०८२, आईतवार १२:३३ प्रकाशित