ललितपुरमा मिनी ट्रक दुर्घटना, चार जनाको ज्यान गुम्यो

केन्द्रभाग मिडिया

काठमाडौं ।

लिलितपुरमा मिनी ट्रक दुर्घटना हुँदा चार जनाको ज्यान गुमेको छ । ललितपुर प्रहरीका अनुसार शुक्रबार राति ललितपुरको कोञ्जोसोम गाउँपालिका–१ बाउनडाँडामा प्रदेश–०१–००४ क ६२२८ नम्बरको मिनी ट्रक दुर्घटनामा परेको हो ।

दुर्घटनामा ललितपुर, गोदावरी नगरपालिका–६ का ५२ वर्षीय चालक गणेश खड्का र ट्रकमा सवार सोही ठाउँका ४२ वर्षीय गणेश थापाको घटनास्थलमै ज्यान गुमेको प्रहरीले जनाएको छ ।

ट्रकमा सवार ४० वर्षीय र ५० वर्षीय दुई जना पुरुषको भने उपचारका लागि पाटन अस्पताल पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको हुन् । उनीहरुको सनाखत भएको छैन ।

मिनी ट्रक बालुवा लिएर आउँदै गर्दा सडकबाट ५ सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

  • २ फाल्गुन २०८२, शनिबार ०९:३१ प्रकाशित