काठमाडौं ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन ७ गते वाचापत्र सार्वजनिक गर्ने भएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रास्वपाले फागुन ७ गते सार्वजनिक हुने निश्चित भएको महामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।
‘फागुन ७ गते हामीले वाचापत्र सार्वजनिक गर्छौँ । सोही अनुसार पार्टी तयारी गरेको छ’, उनले भने ।
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई फागुन ३ गतेभित्र घोषणापत्र सार्वजनिक सूचना जारी गरेको थियो । अहिलेसम्म प्रमुख राजनीतिक दलहरूमा नेपाली कम्युनिस्ट पार्टी, जसपा नेपालले सार्वजनिक गरिसकेको छ ।
राप्रपाले शनिबार र जसपाले आयोगले ताकिएकै मितिमा सार्वजनिक गर्ने तयारी गरेको छ । यता नेपाली कांग्रेस र नेकपा एमालेले कहिलेसम्म सार्वजनिक गर्ने भनेर टुङ्गो लागेको छैन ।














