पोखरा ।
आज (शुक्रबार) अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुवेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको भाउ घटेको छ ।
नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दरअनुसार आज आज अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ६५ पैसा र बिक्रीदर १४५ रुपैयाँ २५ पैसा छ । हिजो अमेरिकी डलर १ को खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३ पैसा थियो ।
आज पाउन्ड स्ट्रलिङ १ को खरिददर १९७ रुपैयाँ ३४ पैसा र बिक्रीदर १९८ रुपैयाँ १६ पैसा छ । हिजो पाउन्ड स्ट्रलिङ १ को खरिददर १९८ रुपैयाँ ४५ पैसा र बिक्रीदर १९९ रुपैयाँ २७ पैसा थियो ।
आज युरो १ को खरिददर १७१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५५ पैसा छ। हिजो युरो १ को खरिददर १७२ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७२ रुपैयाँ २७ पैसा थियो।
आज अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ ०८ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५१ पैसा छ । हिजो अस्ट्रेलियन डलर १ को खरिददर १०३ रुपैयाँ १३ पैसा र बिक्रीदर १०३ रुपैयाँ ५६ पैसा थियो ।
आज कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ०३ पैसा र बिक्रीदर ४७६ रुपैयाँ छ । हिजो कुबेती दिनार १ को खरिदर ४७४ रुपैयाँ ७७ पैसा र बिक्रीदर ४७६ रुपैयाँ ७४ पैसा थियो ।
आज बहराइन दिनार १ को खरिदर ३८३ रुपैयाँ ६७ पैसा र बिक्रीदर ३८५ रुपैयाँ २६ पैसा छ। हिजो बहराइन दिनार १ को खरिदर ३८४ रुपैयाँ १४ पैसा र बिक्रीदर ३८५ रुपैयाँ ७४ पैसा थियो ।
यो विनिमयदर आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने राष्ट्र बैंकले जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध छ ।













