टी–२० विश्वकप : नेपालले इटलीलाई दियो १२४ रनको झिनो लक्ष्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

टी–२० विश्वकप अन्तर्गत नेपालले आफ्नो दोस्रो खेलमा इटालीलाई १२४ रनको झिनो तार्गेट दिएको छ । मुम्बईस्थित वानखेडे मैदानमा जारी खेलमा नेपालले टस हारेर व्याटिङको निम्तो पाएको नेपालले जम्मा सबै विकेटको क्षतिमा १२३ रन मात्र जोडेको हो ।

सुपर ८ मा पुग्ने सम्भावना कायम राख्न जित्नै पर्ने दबाबमा रहेको खेलमा नेपाली टोलीले खराब ब्याटिङ गरेपछि नेपालले सामान्य लक्ष्य दिएको हो । आरिफ शेखले बनाएको २७ रन नै नेपालका लागि सर्वाधिक रह्यो । उनले २४ बलमा ३ चौका सहयोगमा २७ रन बनाउँदा जेजे स्मुथको बलमा क्याच आउट नै भए। करण केसी १८ रनमा अविजित रहे ।

१८ बलमा १७ रन बनाएका दीपेन्द्र सिंह ऐरी क्रिएसन कालुगामागेको बलमा बोल्ड आउट भए । २० बलमा २ चौका सहयोगमा २० रन बनाएका ओपनर आशिफ शेख ७.२ ओभरमा वाट मानेन्तीको बलमा विकेटकिपरको हातबाट आउट भए ।

सातौँ ओभरको अन्तिम बलमा कप्तान रोहित पौडेल २३ रनमा क्याच आउट भए। १४ बलमा २ छक्का प्रहार गरेका कप्तान रोहित क्रिसन कालुगामागेको बलमा ग्रान्ट स्टेवार्टको हातबाट क्याच आउट नै भए ।

दोस्रो ओभरको अन्तिम बलमा ओपनर कुशल भुर्तेल ५ रन बनाउँदै आउट भए । १० बलमा एक चौका हानेका कुशल अली हसनको बलमा जस्टीन मोस्काको हातबाट क्याच आउट हुन पुगे ।

सन्दीप लामिछाने ५ रनमा क्याच आउट भए । लोकेश बम र गुल्सन झा समान ३ रन बनाउँदा क्याच आउट नै भए। नन्दन यादव शुन्य रनमा नै रनआउट भए। नेपालले केहीबेरमा जवाफी ब्याटिङ गर्नेछ ।

समुह सी मा रहेका नेपाल र इटाली पहिलो जितको खोजीमा छन् । नेपाल पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनले पराजित भएको थियो। इटालीले भने स्कटल्यान्डसँग ७३ रनको हार व्यहोरेको थियो ।

  • २९ माघ २०८२, बिहीबार १६:५४ प्रकाशित