इटलीविरुद्ध नेपालले पहिले ब्याटिङ गर्दै

केन्द्रभाग मिडिया

मुम्बई ।

आईसीसी टी-२० विश्वकपअन्तर्गत समूह चरणको आफ्नो दोस्रो खेलमा इटलीविरुद्ध नेपालले टस हारेर पहिले ब्याटिङ गर्ने भएको छ ।

इटलीका निमित्त कप्तान ह्‍यारी मानेन्तीले टस जितेर पहिले बलिङको निर्णय गरेका हुन् । नियमित कप्तान वायन म्याड्सेन चोटका कारण उपलब्ध छैनन् ।

नेपालले आजको खेलका लागि एक परिवर्तन गरेको छ । शेर मल्लको स्थानमा ललित राजवंशी टोलीमा आएका छन् ।नेपालले पहिलो खेलमा इंग्ल्यान्डसँग हार बेहोरेको थियो । इटली पनि पहिलो खेलमा स्कटलयान्डसँग पराजित भएको थियो ।

दुवै टोली आज पहिलो जितको खोजीमा छन् ।

नेपालको प्लेइङ ११ कुशल भुर्तेल, आसिफ शेख, रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, गुल्शन झा, लोकेश बम, करण केसी, नन्दन यादव, ललित राजवंशी, सन्दीप लामिछाने रहेका छन् ।

  • २९ माघ २०८२, बिहीबार १५:०४ प्रकाशित