काठमाडौं ।
नेपाली बजारमा बिहीबार सुनको भाउमा सामान्य गिरावट आएको छ । आज सुनको भाउ तोलामा १ सय रुपैयाँ घटेको हो ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ तोलामा ३ लाख ६ हजार ५ सय रुपैयाँ कायम छ।
हिजो बुधबार सुन तोलामा ३ लाख ६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।त्यस्तै, आज चाँदीको भाउ भने तोलामा ५० रुपैयाँ बढेको छ । आज चाँदी तोलामा ५ हजार ३ सय ४० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
हिजो बुधबार चाँदी तोलामा ५ हजार २ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।














