भोलिदेखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य

केन्द्रभाग मिडिया

काठमाडौं ।

भोलि (फागुन–१ गते)देखि लागू हुने गरी राष्ट्रियसभा अधिवेशन अन्त्य गरिएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संविधानको धारा ९३ को उपधारा (२) बमोजिम अधिवेशन अन्त्य गरेका हुन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२–१०–२६ को सिफारिसमा २०८२ साल फागुन १ गते शुक्रबार राति १२ः०० बजेदेखि लागू हुने गरी राष्ट्रिय सभाको चालु अधिवेशन अन्त्य गरिएको हो ।

संसद् सचिवालयका अनुसार नयाँ निर्वाचित भएर गठन हुने प्रतिनिधि सभा र नवनिर्वाचित राष्ट्रिय सभाका सदस्य सम्मिलित दुवै सभाको बैठक अबअर्को अधिवेशनमा सँगै बस्ने छ ।

  • २९ माघ २०८२, बिहीबार १२:३१ प्रकाशित