पोखरा ।
आहा ! रारा पोखरा गोल्डकपमा राष्ट्रिय फुटबल खेलाडी प्रिति राईलाई नगदसहित सम्मान गरिएको छ । सहारा क्लव पोखराले वर्षेनी आयोजना गर्ने आहा ! रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको २५ औं संस्करणको उद्घाटनका अबसरमा उनलाई उत्कृष्ठि राष्ट्रिय फुटबल खेलाडी सम्मानबाट सम्मानित गरिएको हो । उनलाई पोखरा महानगरका प्रमुख धनराज आचार्य, आयोजक सहारा क्लवका अध्यक्ष केशवबहादुर थापासहितका अतिथिहरुले नगद ५१ हजार रुपैयाँ, दोसल्ला सम्मान पत्रसहितले सम्मान गरेका हुन् ।
उक्त अवसरमा आहा रारा पोखरा गोल्डकपलाई २५ औँ संस्करणसम्म ल्याउन योगदान पु¥याउने विभिन्न २५ जना व्यक्ति तथा संस्थालाई विभिन्न विधामा सम्मान समेत गरिएको छ । यसरी सम्मानित हुनेमा हिमश्री फुड्स प्रालिका निर्देशक प्रकाश केसी, किरण केसी, रोशन केसी, सहारा क्लवका पूर्वअध्यक्ष विक्रम थापा, खेल पत्रकार अजय फुयाल, प्रकाश तिमिल्सिना, संचारकर्मी दिपेन्द्र श्रेष्ठ, गोर्खा मिडियाका मिलन तमु, दिलिप राई, राष्ट्रिय खेलकुद परिषद, अखिल नेपाल फुटबल संघ, समाजसेवी हरिकुमार श्रेष्ठ, प्रकाश शेरचन, खेम बहादुर गुरुङ, टिका बहादुर कार्की, सुनिल कुमार गुरुङ, फेवा सिटी हस्पिटल, देव गुरुङ, पोखरा महानगरपालिका, स्व. हेम बहादुर गुरुङ, स्व.राजमान थकाली, दिपक गुरुङ, कृष्ण गुरुङ र केशवराज बराल रहेका छन् ।
उनीहरुलाई पनि पोखरा महानगरका प्रमुख धनराज आचार्य, क्लवका अध्यक्ष केशवबहादुर थापासहितका अहितका अतिथिहरुले सम्मान पत्रसहित सम्मान गरेका हुन् । सम्मान पछि बोल्दै हिमश्री फूड्स प्रालिका निर्देशक प्रकास केसीले सहारा क्लवसंगको सहयात्रा आगमी दिनमा पनि निरन्तर रहने प्रतिवद्धता जाहेर गरे । उनले आफ्ना पिता स्वर्र्गीय सूर्यबहादुर केसीले दिएको योगदानलाई आफूहरुले निरन्तर जारी राख्ने पनि बताएका छन् ।














