यात्रुवाहक बस तामाकोशी नदीमा खस्यो, ५ जनाको ज्यान गयो

केन्द्रभाग मिडिया

काठमाडौं ।

रामेछापको सेलेघाटमा यात्रुवाहक बस तामाकोशी नदीमा खसेको छ । काठमाडौँबाट ओखलढुङ्गाको रगनी जाँदै गरेको ९९७५ नम्बरको बस नदीमा खसेको हो ।

दुर्घटनामा परेर ५ जनाको घटनास्थलमा ज्यान गएको उद्धारमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । प्रहरीले ६ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।

 बसमा कति यात्रु सवार थिए भन्ने यकिन हुन बाँकी नै रहेको प्रहरीले बताएको छ ।उद्धारका लागि नेपाल प्रहरीको टोली खटिएको छ ।

  • २७ माघ २०८२, मंगलवार १२:०८ प्रकाशित