कांस्की-२ मा कांग्रेसका उम्मेदवार बास्तोला लडेर घाइते

केन्द्रभाग मिडिया

पोखरा ।
कास्की क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसको तर्फबाट प्रतिनिधिसभा सदस्य प्रत्यक्ष तर्फका उम्मेदवार माधवप्रसाद बास्तोला ‘मधु’ घरदैलोका क्रममा लडेर घाइते भएका छन् । उनी निर्वाचनका लागि घरदैलो गर्ने क्रममा पोखरा-११ फूलबारीमा सिँढीबाट लडेर घाइते भएका हुन् ।

उनको अहिले पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको कास्की कांग्रेसका सभापति किसोरदत्त बरालले जानकारी दिए । उनका अनुसार बास्तोलाको हात र खुट्टामा चोट लागेको छ । अहिले बिहान अप्रेसनको तयारी भइरहेको चिकित्सकलाई उदृत गर्दै उनले बताए ।

कास्की क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार एमालेका रश्मि आचार्य, नेकपाका किरण थापा र रास्वपाका उत्तम पौडेल लगायतले शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।

  • २६ माघ २०८२, सोमबार ०९:२६ प्रकाशित